आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार

शुक्रबार, १३ फागुन २०७८, १० : ४२
शुक्रबार, १३ फागुन २०७८

नेपाली बजारमा सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा १३५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा नेपालमा पनि स्वाभाविक रुपमा त्यसको असर देखिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप