शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

बहुजन पार्टीको अध्यक्षमा पासवान निर्विरोध निर्वाचित

शुक्रबार, १३ फागुन २०७८, १० : १३
शुक्रबार, १३ फागुन २०७८

बहुजन शक्ति पार्टी नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट विश्वेन्द्र पासवान अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । तीन दिनसम्म चलेको अधिवेशनपछि आज भएको निर्वाचन कार्यक्रमअनुसार पासवान  निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नेतृत्वका लागि लामो छलफलपछि अधिवेशनले २५१ सदस्य केन्द्र समिती घोषणा  गरेको सो पार्टीको भनाइ छ । जसको उपाध्यक्षमा राम सुभग हरिजन, संजय कुशवाहा, महासचिवमा नवल बहादुर भुल र कोषाध्यक्षमा टुक लाल नेपाली चयन भएका छन् । 

लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित बहादुरगन्जमा आयोजित उद्घाटन सत्रपछि भैरहवामा पार्टीको बन्दसत्र चलेका थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप