युक्रेनका राष्ट्रपतिले म्याक्रोंलाई पुटिनसँग कुरा गर्न आग्रह गरे
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको बताएका छन् । म्याक्रोंले आफूलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फोन गर्न आग्रह गरेको बताए । पुटिनले जेलेन्स्कीसँग कुराकानी नगरिरहेको पनि म्याक्रोंले बताए ।
रुसी राष्ट्रपति म्याक्रोंले पुटिनसँग स्पष्ट, सिधा र तत्काल युक्रेनमा सैन्य कारवाही रोक्न भनेको पनि बताए ।
राष्ट्रपति म्याक्रोंले ब्रसल्समा इयू समिटमा पत्रकारसँगको कुराकानीमा आफूले पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग कुराकानी गर्न आग्रह गरेको पनि बताए । जेलेन्स्कीले म्यक्रोंलाई आफू पुटिनसम्म पुग्न असफल भएको भन्दै यस्तो अनुरोध गरेका थिए ।
La guerre est là, sur notre sol. Dans les temps tragiques que nous vivons, l'Europe n'a d'autre choix que de devenir une puissance. pic.twitter.com/EQllCneROo
— Emmanuel Macron (@EmmanuelMacron) February 25, 2022
युक्रेनका राष्ट्रपतिले देशमा रुसी सेनाको हमलाको पहिलो दिन बिहिबार युक्रेनमा १३७ नागरिकको मृत्यु भएको बताएका छन् । यसमा सैनिक र सर्वसाधारण समावेश छन् ।