आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

डाँका मुद्दामा ६ वर्ष कैद तोकिएका अभियुक्त पक्राउ

शुक्रबार, १३ फागुन २०७८, ०९ : ११
शुक्रबार, १३ फागुन २०७८

डाँका मुद्दामा ६ वर्ष कैद तोकिएका अभियुक्तलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका–३ घर भएका कमल श्रेष्ठलाई बिहिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

चितवन जिल्ला अदालतले उनलाई ६ वर्ष कैद र २ लाख ६४ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । डाँका मुद्दाका फरार श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप