युरोपा लिगबाट बाहिरियो डर्टमुन्ड
डर्टमुन्ड युरोपा लिग जर्मन क्लब बोरुसिया बाहिरिएको छ । इएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको डर्टमुन्ड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएपछि युरोपा लिगबाट पनि बाहिरिएको हो ।
डर्टमुन्ड अन्तिम ३२ को प्ले अफ खेलमा स्कटिस क्लब रेन्जर्ससँग समग्रमा ६–४ ले पराजित भएको थियो । पहिलो लेगमा ४–२ को हार बेहोरेको डर्टमुन्डले दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेपनि पहिलो लेगको हारले अघिल्लो चरणमा पुग्न सकेन ।
आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा घरेलु टोली रेन्जर्सका लागि दुवै गोल जेम्स टाभेरनिएरले गोल गर्दा डर्टमुन्डका जुडे बेलिङघम र डोनेल मालेनले गोल गरे ।
खेलको २२ औं मिनेटमा जेम्स टाभेरनिएरले पेनाल्टीमा गोल गर्दै घरेलु टोली रेन्जर्सलाई १–० को अग्रता दिलाए । ३१औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४२औं मिनेटमा डोनेल मालेनले गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा २–१ को अग्रता लिदै युरोपा लिगको सम्भावना राखेको थियो ।
तर, ५७औं मिनेटमा जेम्स टाभेरनिएरले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । त्यसपछि तप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिदा डर्टमुन्ड अघिल्लो चरणमा प्रवेश गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान