शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिटिक्क बन्दै नारायणहिटी दरबार संग्रहालय

शुक्रबार, १३ फागुन २०७८, ०७ : ३३
शुक्रबार, १३ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम शुरू गरेका छन् । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि समितिको जिम्मेवारी पाएका मन्त्रालयका सहसचिव डा। सुरेशसुरस श्रेष्ठले नारायणहिटी दरबार संग्रहालयमा रोकिएका सबै काम शुरू भएको बताउनुभयो ।

बतास समूहलाई रेस्टुरेन्ट भाडामा दिँदा विवादमा मुछिएका तत्कालीन कार्यकारी निर्देशक दाहालको राजीनामापछि सरकारले अर्को व्यवस्था नभएसम्मको लागि जिम्मेवारी लिएका सहसचिव डा। श्रेष्ठले संग्रहालयलाई पूर्णरूपमा सफाइ गरी पर्यटकको आगमनलाई वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो ।

संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले संग्रहालयभित्र खोलिएका ३१ वटा कक्षको पूर्ण सरसफाइ, मंगल सदन, त्रिभुवन सदन र राजा वीरेन्द्रको निजी घर श्रीसदनको मर्मतलगायतका काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नारायणहिटी दरबारको मुख्य भवनको चिपिङ गरी ढलान गर्ने काम सम्पन्न भएको छ । सबैतिर लाइटिङ जडान शुरू भएको छ । त्रिभुवन सदनसँगै रहेको तत्कालीन राजाका एडीसी भवन निर्माण भइरहेको छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप