एक लाख ३५ हजार घुससहित ३ जना अख्तियारको नियन्त्रणमा
बिहीबार, १२ फागुन २०७८, २१ : ३७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलमा कार्यरत खरिदार लक्ष्मण बस्नेतसहित ३ जनालाई १ लाख ३५ हजार घुससहित पक्राउ गरेको छ ।
बिहीबार बस्नेतसहित ३ जनालाई काठमाडौको चाबहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरुले जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ३५ हजार घुस लिएको आयोगले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भैरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल