मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

‘कर्पोरेट पे’ ले ७ महिनामै गर्‍यो ५५ अर्ब कारोबार फर्स्योट

बिहीबार, १२ फागुन २०७८, २१ : ०७
बिहीबार, १२ फागुन २०७८

नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिनामै ५५ अर्ब रुपैयाँ बराबर कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यवसायिक तथा संस्थागत ग्राहकहरूलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट पे’ प्रणाली प्रयोग हुँदै आएको छ ।


उक्त प्रणाालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थाहरूमार्फत २ हजार ६०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भइसकेका छन् । प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट र नेपाल सरकारको राजस्वलगायत विभिन्न भुक्तानी गर्न सकिने क्लियरिङ हाउसले जानकारी दिएको छ ।


पछिल्लो समय यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्र तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ । व्यावसायिक ग्राहकहरूलाई भुक्तानी कारोबार सुरक्षित रूपमा गर्नका लागि आवश्यक मल्टी अथोराइजेशन तथा मल्टिपल सिग्नेचरिजसमेत व्यवस्था भएको छ । 


क्लियरिङ हाउसका अनुसार यो प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइममा प्रतिकारोबार २० करोड रुपैयाँसम्म तथा नेपाल सरकारको भुक्तानी प्रतिकारोबार ३० करोड रुपैयाँसम्म गर्न सकिन्छ । साथै, यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरू लिङ्क गरी कारोबारहरू गर्न सक्ने व्यवस्थासमेत छ । एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक/वित्तीय संस्थासँग सम्पर्क गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप