एमालेसँगको बैठकपछि काँग्रेस नेता आन्तरिक छलफलमा
सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएसँगै नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।
एमाले नेताहरू बालुवाटारबाट बाहिरिइसकेका छन् । बाहिरिने क्रममा कसैले पनि बैठकबारे प्रतिक्रिया दिएनन् । यद्यपि दुई पार्टी बीचको छलफल सकारात्मक दिशामा अघि बढेको बताइएको छ । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका हुन् । आज दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण
-
प्रधानमन्त्री ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने
-
मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित
-
झापा, इलाम र विराटनगरको पेटिकाबाट बार निर्वाचनको मतगणना सुरु
-
मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गरिने