एएफसी एसियन कप २०२३ छनोटः नेपाल कठिन समूहमा
नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन् । तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् ।
नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ । नेपालले कतार विश्वकप २०२२ को एसियाली छनोटमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो ।
नेपालले सबै खेल सेन्ट्रल भेन्युको रूपमा रहेको कुवेतमा खेल्नेछ । त्यस्तै समूह ‘बी’ मा मंगोलियासहित यमन र फिलिपिन्स, प्यालेस्टाइन छन् भने समूह ‘सी’ मा उज्वेकिस्तान, श्रीलङ्का, मालदिभ्स र थाइल्यान्ड, समूह ‘डी’ मा भारत, कम्बोडिया, अफगानिस्तान र हङकङ, समूह ‘ई’ मा मलेसिया बंगलादेश, तुर्केमिनिस्तान र बहराइन तथा समूह ‘एफ’ मा किर्गिस्तान, सिंगापुर, म्यानमार र ताजिकिस्तान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या