युक्रेनमा रहेका नेपालीलाई राजदूतावासको सुझाव : सुरक्षित रूपमा घरमै बस्नुस्
युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाइ हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न सरकारले आग्रह गरेको छ । जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिमा युक्रेनको हवाइ क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरिएको हो।
हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा सुरक्षित बस्न, युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्न तथा सम्भव भएका सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमी तर्फका बढी सुरक्षित स्थानमा जान राजदूतावासले आग्रह गरेको छ ।
त्यस्तै राजदूतावासले परिवार तथा नियोगसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । रुसले आज बिहानबाट युक्रेनमा सैन्य कारबाही थालेको छ । यसक्रममा दर्जनौँको मृत्यु भएको छ । राजधानी किएभ लगायतका कयौं स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन