नेपाली काँग्रेसले गठबन्धन कुरेर बस्दैन : महामन्त्री शर्मा
बिहीबार, १२ फागुन २०७८, २० : ०७
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपमा रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई द्वैध चरित्र नदेखाउन आग्रह गरेका छन् ।
विभिन्न राजनैतिक दलहरूको गठबन्धन तत्कालीन राजनैतिक निकास र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकता सँगै समृद्धि विकासको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताए । बिहीबार साँझ न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताएका हुन् । जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एक ठाउँ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली काँग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण