आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसले गठबन्धन कुरेर बस्दैन : महामन्त्री शर्मा

बिहीबार, १२ फागुन २०७८, २० : ०७
बिहीबार, १२ फागुन २०७८

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपमा रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई द्वैध चरित्र नदेखाउन आग्रह गरेका छन् ।  

विभिन्न राजनैतिक दलहरूको गठबन्धन तत्कालीन राजनैतिक निकास र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकता सँगै समृद्धि विकासको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताए । बिहीबार साँझ न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताएका हुन् । जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एक ठाउँ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली काँग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप