एमाले र माओवादी छलफल, भएन कुनै सहमति
नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बिना ठोस निष्कर्ष सकिएको छ । सत्ता गठबन्धन फुट नजिक पुगेपछि बिहीबार अपराह्न संघीय संसद् भवन बानेश्वारमा बसेको एमाले र माओवादीबीच छलफल भएको हो ।
छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए । छलफलपछि सञ्चारकर्मीसँग नेम्वाङले छलफल सकारात्मक भएको बताए ।
उनले भने, ‘छलफल सकारात्मक भएको छ । छलफल गरेर अगाडि बढ्ने भन्ने छ । कुनै एउटा निष्कर्षमा पुग्ने अवस्था बनेको छैन ।’ उनले छलफलमा ठोस कुरा केही नभएको बताए । उनले भने, ‘संसद्को गतिरोध अन्त्य छलफल भयो । विगतका कुरालाई समीक्षाका रूपमा राख्यौँ । अब संवाद गर्दै अगाडि बढौँ भन्ने सम्म कुरा भएको छ । अरू ठोस कुरा भएको छैन ।’
माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए । उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए ।
नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताए । उनले आफूहरु खुत्रुके जस्तो सबै कुरा सकिएपछि फुटाएर काम चलाउने पक्षमा नरहेको भन्दै उनले संविधान र पद्धतिसँग आफूहरु नजिक रहेको बताए । 'अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुके होइनौँ, सबै कुरा सिद्धिएपछि फुटाएर काम चलाउने,' नेम्वाङले भने, 'हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।'
एमसीसी र संसद् खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।'एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ' प्रचण्डले भने ।
माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच 'वान अन वान' कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य घटेसँगै यस्तो देखियो काठमाडौँका पेट्रोल पम्पको दृश्य
-
राहदानी खरिद प्रकरणमा जर्मन सरकारले ‘कटुतापूर्ण’ प्रतिक्रिया दिएको छैन : परराष्ट्रमन्त्री
-
‘माइकल’ बन्यो इतिहासकै सर्वाधिक कमाउने बायोपिक
-
विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल
-
‘मन विनाको धन २’मा विपिनको इन्ट्री
-
दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण