एमाले र माओवादी छलफल, भएन कुनै सहमति

नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बिना ठोस निष्कर्ष सकिएको छ । सत्ता गठबन्धन फुट नजिक पुगेपछि बिहीबार अपराह्न संघीय संसद् भवन बानेश्वारमा बसेको एमाले र माओवादीबीच छलफल भएको हो ।
छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए । छलफलपछि सञ्चारकर्मीसँग नेम्वाङले छलफल सकारात्मक भएको बताए ।
उनले भने, ‘छलफल सकारात्मक भएको छ । छलफल गरेर अगाडि बढ्ने भन्ने छ । कुनै एउटा निष्कर्षमा पुग्ने अवस्था बनेको छैन ।’ उनले छलफलमा ठोस कुरा केही नभएको बताए । उनले भने, ‘संसद्को गतिरोध अन्त्य छलफल भयो । विगतका कुरालाई समीक्षाका रूपमा राख्यौँ । अब संवाद गर्दै अगाडि बढौँ भन्ने सम्म कुरा भएको छ । अरू ठोस कुरा भएको छैन ।’
माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए । उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए ।
नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताए । उनले आफूहरु खुत्रुके जस्तो सबै कुरा सकिएपछि फुटाएर काम चलाउने पक्षमा नरहेको भन्दै उनले संविधान र पद्धतिसँग आफूहरु नजिक रहेको बताए । 'अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुके होइनौँ, सबै कुरा सिद्धिएपछि फुटाएर काम चलाउने,' नेम्वाङले भने, 'हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।'
एमसीसी र संसद् खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।'एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ' प्रचण्डले भने ।
माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच 'वान अन वान' कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?