कुशलको अर्धशतकमा ओमानमाथि नेपालको शानदार जित
विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगावै ओमानले दिएको ८८ रनको लक्ष्य भेट्टाएको हो । यसक्रममा नेपालले १६.२ ओभर खेल्दै ९० रन बनायो । नेपालका ओपनर आरिफ शेख १८ बलमा १६ रन बनाउँदै आउट भएका थिए । आजको जितसहित नेपालले ओमानमाथि पछिल्लो तीन खेलमा लगातार जित हात पारेको छ ।
यसअघि, निर्धारित २० ओभरको खेलमा ओमानले ९ विकेटको क्षतिमा रन ८७ रन बनाएको थियो । यसक्रममा ओमानका जिसहान मक्सुदले सबैभन्दा धेरै २१ रन जोडे । यसपछि, आयान खानले १९ रन र नासिम खुसीले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले नेपाल विरुद्धको खेलमा दोहोरो अंक जुटाउन सकेनन् ।
टस जितेर ब्याटिङ रोजेको ओमानविरुद्ध नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा आरिफ सेखले २ विकसेट लिँदै ओमानको ब्याटिङक्रम ध्वस्त बनाए । उनीहरूलाई सागर ढकाल, अभिनास बोहोरा र कमलसिंह ऐरीले समान १/१ विकेट लिएर साथ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण