शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूलाई भन्यो– क्लिन फिड लागू नगरे कारबाही गर्छौं

बिहीबार, १२ फागुन २०७८, १७ : ५५
बिहीबार, १२ फागुन २०७८

विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले अनुगमनका क्रममा क्लिन फिड लागू नगरेको पाइएकाले यस्तो चेतावनी दिएको हो ।

बोर्डले भनेको छ, ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ६ मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ भन्ने व्यवस्था रहेको छ ।’ तर, बोर्डले हालै गरेको अनुगमनका क्रममा विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरेको पाइएको छ ।

विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरेको पाइएपछि बोर्डले गैर कानूनी प्रसारण तत्काल रोक्न निर्देशन दिँदै नरोकेमा ऐनको दफा २५ बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप