सशस्त्र प्रहरी महानिरीक्षकविरुद्ध अख्तियारमा उजुरी
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १६ वर्षमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी निकट मानिसहरुले आर्थिक चलखेल गरेको उजुरकर्ताको आरोप छ । बढुवामा आर्थिक चलखेल गर्न संगठन भित्रबाट इन्स्पेक्टर नवराज गुरुङ र गणेश मल्ल तथा बाहिर नरेश भट्ट र सुमन अधिकारीलाई आईजीपीले नै प्रयोग गरेको उजुरकर्ताले दावी गरेका छन् ।
२०७८ चैत २७ मा अवकाशमा जान लागेका खनालले आर्थिक वर्ष २०७५–०७६ मा पोशाक शीर्षकमा विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा विभिन्न शीर्षकमा रकमान्तर गरी दुरुपयोग गरेको उजुरीमा उल्लेख गरिएको छ ।
अख्तियारमा परेको उजुरीमा भनिएको छ–‘इन्धनको झुटो बिल बनाएर प्रत्येक आर्थिक वर्षमा ६ करोड भन्दा बढी इन्धन बापतको रकम हिनामिना गरी आर्थिक अनियमितता गरिएको छ । सो कार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संचालित फ्युल स्टेशनबाट फर्जी विल बनाउने गरिन्छ ।’
सशस्त्रको ३ वटा गाडी र केही मोटरसाईकल भएको कार्यालयमा वार्षीक १० देखि १२ लाख मूल्य बराबरको इन्धनले पुग्छ । तर, त्यस्ता कार्यालयमा ८० लाखभन्दा बढी छुट्याएर फर्जी बिल बनाएर आइजी शैलेन्द्र खनालको ठाडो निर्देशनमा रकम असुल्ने गरेको दावी गरिएको छ ।
आर्थिक वर्ष २०७५–०७६ मा कानुनी प्रक्रिया पुरा नगरीकन १ करोड ३० लाखको फर्निचरका सामान खरिद गरेको तर, सो फर्निचर प्रहरी प्रधान कार्यालयमा नलगेर अन्यत्रै लगिएको बारे छानविन गर्न माग गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७५–०७६ मा प्रधान कार्यालयमा कार्यरत कर्मचारीको नाममा फर्जी भ्रमण आदेश बनाएर ४ करोड भ्रष्टाचार भएको दाबी गरिएको छ । सशस्त्र प्रहरी बलमा राईट कन्ट्रोल गियर र ट्रान्सपरेन्ट सिल (ढाला) खरिदमा पनि भ्रष्टाचार भएको भन्दै उजुरकर्ताले खरिद कागजात जफत र गरेर अनुसन्धान गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी