शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र उत्थानको आईपीओ बाँडफाँड, २५ लाख ५ हजारको हात खाली

बिहीबार, १२ फागुन २०७८, १६ : ५५
बिहीबार, १२ फागुन २०७८

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म जारी गरेको ८ करोड ५० लाख रुपैयाँ बराबरको कुल ८ लाख ५० हजार कित्ता सेयर बिहीबार बाँडफाँड भएको हो । 
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बिहीबार गोला प्रथामार्फत भएको आईपीओ बाँडफाँडमा ७९ हजार ४५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी २५ लाख ५ हजार ८११ जना आवेदकहरुको हात खालि भएको छ ।
एनआईबीएल एस क्यापिटलका अनुसार सेयर निष्काशनको अन्तिम दिनसम्म कुल २५ लाख ८५ हजार २६१ जनाले आईपीओ खरिदका लागि आवेदन दिएका थियो । सो मध्ये ५ हजार ८५९ आवेदकहरुको आवेदन रद्द भएको थियो । यो हिसाबले कुल आवेदकहरु मध्ये ३.०८ प्रतिशतले मात्र कम्पनीको सेयर प्राप्त गर्न सकेका छन् । बाँकी ९६.९२ प्रतिशतको हात खालि भएको छ ।

कम्पनी गत फागुन ४ गते ८ गतेसम्म कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ४२ हजार ५ सय कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप