मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुसको दाबी : युक्रेनी सेना हतियार बिसाएर फिर्ता हुँदै

बिहीबार, १२ फागुन २०७८, १६ : ४७
बिहीबार, १२ फागुन २०७८

रुसको रक्षा मन्त्रालयले युक्रेनका सैनिक आफ्नो हतियार छोडेर गइरहेको दाबी गरेको छ । रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार रुसी रक्षा मन्त्रालयले गोप्य जानकारीको आधारमा यस्तो भनेको छ ।

बयानमा भनिएको छ, ‘गोप्य जानकारीका अनुसार युक्रेनको आर्म्स फोर्सका जवान ठूलो संख्यामा आफ्नो स्थानबाट ब्याक भइरहेका छन् र आफ्नो हतियार बिसाइरहेका छन् । रक्षा मन्त्रालयले जुन सैनिकले हतियार बिसाएका छन्, त्यहाँका इलाकामा कारवाही नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार युक्रेनको सैन्य इलाकामा उच्च क्षमता भएका हतियार प्रयोग गरिएका छन् ।’

बिहिबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैनिक कारवाहीको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप