स्थानीय तह निर्वाचन : आयोगले माग्यो ८ अर्ब ९५ करोड
बिहीबार, १२ फागुन २०७८, १६ : ४०
स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि निर्वाचन आयोगले रकम निकासा गरिदिन आग्रह गरेको छ । आयोगले अर्थ मन्त्रालयसँग रू. ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट माग गर्ने निर्णय गरी अर्थ मन्त्रालयमा निकासाको लागि अनुरोध गरी पठाइएको जनाएको छ ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचनमा खटिने जनशक्तिहरूको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आवश्यक निर्णय पनि गरेको छ । जसअनुसार १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रति व्यक्ति विमाङ्क रकम रु. २० लाखको बीमा गर्न मिति बुधबार सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित बीमा प्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरेको पनि उल्लेख छ । यस्तै ,स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा राजनीतिक दलहरुले निवेदन दिएको पनि आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण