प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता सकियो
बिहीबार, १२ फागुन २०७८, १६ : ११
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । ‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने ।
दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेस महामन्त्री गगन थापा र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए । एमसीसीमाथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि काँग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिकोटमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
-
मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भर्चुअल संवाद गर्ने
-
‘युनिभर्सल’ सर्टिफिकेट पाउँदै ‘रंगी’ सेन्सर पास
-
६ महिनामा सरकारले गर्यो २०० किलोमिटर सडक कालोपत्रे
-
त्रिकोणात्मक महिला टी २० क्रिकेट : आज नेपाल र थाइल्यान्ड भिड्दै
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची