एमसीसीको साइड इफेक्ट सेयर बजारमा, नेप्सेमा ५९ अंकको पहिरो

अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को साइड इफेक्ट बिहीबारको सेयर बजारमा पनिदेखिएको छ । गत फागुन ८ गते संघीय संसदमा एमसीसी टेबल भएसँगै तरंगित बजारमा १२ गते बिहीबार बस्ने संघीय संसदमा सोही मुद्दामा केन्द्रीत हुने भनिए पनि थप सशंकित बन्न पुगेको हो ।
तथापि, आजको बैठकले एमसीसीको मुद्दामा कुनै निर्णय गर्न सकेन । तर, यसैको प्रभाव आज सेयर बजार परिसूचक (नेप्से) मा झण्डै ५९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५९.९९ अंकले घट्दै २६ सय ६१.४४ विन्दुमा झर्न पुगेको छ ।
यस्तै आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.३६ अंकले घट्दै ५०७.५८ विन्दुमा झरेको छ । त्यसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । झण्डै ६० अंकले घटेको बजारमा आज ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल