बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको सीमा रक्षकले भने, ‘दक्षिण हिस्साबाट रुसी सैनिक प्रवेश गरे’

बिहीबार, १२ फागुन २०७८, १५ : ४७
बिहीबार, १२ फागुन २०७८

युक्रेनको बोर्डर गार्ड सर्भिस (डिपिएसयू) ले तस्बिर जारी गरेर रुससका सैनिक वाहन दक्षिण युक्रेनमा प्रवेश गरेको दाबी गरेका छन् । तस्बिरको माध्यमले डिपिएसयूले रुसी सैनिक वाहन क्राइमिया प्रायद्वीपमा घुसेका बताएका छन् । रुसले सन् २०१४ मा क्राइमियामा आफ्नो नियन्त्रण हासिल गरेको थियो ।

डिपिएसयूको दाबी अनुसार दक्षिण युक्रेनमा प्रवेश अघि रुसी सैनिकले गोलीबारी गरे । युक्रेनले रुसको सैनिक टुकडी देशका पूर्वी र उत्तरी इलाकामा पनि घुसेको बताएको छ । युक्रेनका अनुसार उत्तरमा बेलारुसबाट रुसी सैनिक युक्रेनमा घुसेका छन् जबकी पूर्वमा रुसबाट ।

यसैबीच समाचार एजेन्सी रोयटर्सले युक्रेनको प्रहरीलाई उद्धृत गर्दै रुसको सामना गर्नका लागि अवकाश प्राप्त गरिसकेका सैनिकलाई पनि हतियार दिइएको जानकारी दिएको छ । युक्रेनका जनतालाई देशको क्षेत्रीय रक्षा इकाईमा समावेश हुनका लागि प्रोत्साहित गरिँदैछ ।

युक्रेनको राजधानी किएफ र खारकिवमा बिस्फोटका आवाज सुनिँदैछन् । बिहिबार बिहान रुसका राष्ट्रपति पुटिनले युक्रेनमा सैनिक कारवाहीको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप