बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एशियन कप छनोटका लागि खेल तालिका सार्वजनिक

बिहीबार, १२ फागुन २०७८, १५ : ५४
बिहीबार, १२ फागुन २०७८

नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेशिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ । जसमा समूह बीमा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन भने समूह सीमा उज्वेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलङ्का छन् । समूह डीमा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया छन् । 

समूह ‘ई’​मा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बङ्गलादेश छन् भने समूह ‘एफ’मा किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र सिङ्गापुर छन् । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप