सेञ्चुरी बैंकको टेकु र पेप्सीकोलामा शाखा विस्तार
सेञ्चुरी कमर्सियल बैंकले काठमाण्डौको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरि सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा.गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
थप दुई शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ । सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरू संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको १२८ शाखा, एक्सटेन्सन काउण्टर १०, शाखारहित बैंकिङ्ग २५ र एटिएम १०७ मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड
-
रविलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइँदै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल
-
सफल विद्यार्थी कसरी बन्ने ?
-
महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता