आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेको नमोबुद्धका राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र बन्ने

बिहीबार, १२ फागुन २०७८, १५ : १७
बिहीबार, १२ फागुन २०७८

राष्ट्रिय युवा परिषदको अगुवाइमा काभ्रेको नमोबुद्ध नगरपालिकामा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न चारपक्षबीचको  समझदारीपत्रमा हस्ताक्षर भएको छ।​ बुधवार नमोवुद्ध नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद , नमोबुद्ध नगरपालिका , काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सो समझदारीमा हस्ताक्षर भएको हो। 

समझदारीपत्रमा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र प्रशासकीय प्रमुख रमाकान्त शर्मा , नमोवुद्ध नगरपालिकाका तर्फबाट नगर प्रमुख टिपि शर्मा र प्रमुख प्रशासकीय प्रमुख अधिकृत  राजन पौडेल , काठमाडौं विश्वविद्यालयका तर्फबाट निर्देशक प्रा.डा. दिपक शर्मा र विभागीय प्रमुख डा.रिजनभक्त कायस्थ , आइडिया स्टुडियो नेपालका तर्फबाट बोर्ड अफ डाइरेक्टर सुरेश सिंखडा र एलिसा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रवर्द्धनात्मक सोच भएका युवाको खोजी गर्दै उनीहरूलाई आवश्यक परामर्श दिने र प्राविधिक तथा ब्यवसायिक तालिम मार्फत् स्वरोजगार र उद्यमशील बनाउने लक्ष्य रहेको  राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले वताए।

नमोबुद्ध नगरपालिका वडा नं.८ मा रहेको ५३ रोपनी ६ आना जग्गामा उक्त नवप्रवर्तन केन्द्र बन्ने भएको छ। यस परियोजनाको ज्ञान साझेदारमा काठमाडौं विश्वविद्यालय र प्राविधिक साझेदारीमा आइडिया स्टुडियो नेपाल रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप