आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले सत्ता बर्हिगमनको पीडा संसद् अवरुद्ध गरेर पोख्योः मन्त्री खनाल

बिहीबार, १२ फागुन २०७८, १५ : ०८
बिहीबार, १२ फागुन २०७८

 बागमती प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले एमालेले संसद् अवरुद्ध गरेर सत्ता बहिर्गमनको पीडा पोखेको बताएका छन् । उनले बिहीबार रातोपाटीसँग कुराकानी गर्दै एमालेले सत्ता गुमेको पीडा पोख्नका लागि अनेक मुद्दाहरु उठाएर संसद् अवरुद्ध पारिरहेको बताए ।

विगतमा सत्तामा रहेका बखत हालीमुहाली गरीरहेको एमाले एकाएक सत्ता बाहिर बस्नु पर्दाको पीडाले संसद् अवरुद्ध गर्दै आएको मन्त्री खनालले बताए । ‘एमालेले संसद् अवरुद्ध गरेर सत्ता बर्हिगमनको पिडा पोखिरहेको छ । हिजो सत्तामा रहँदा हालीमुहाली गरेको एमाले आज एकाएक सत्ता बाहिर पुगेको छ । यहि पीडाका कारण एमालेले सदन अवरुद्ध पार्दै आएको हो,’ उनले भने ।

उनका अनुसार एमालेले नाजायज मागहरु उठाएर सदनमा अवरोध खडा गरेको हो । आफूहरुले विगतका सरकारले ल्याएका योजनाहरुलाई कटौति नगरेको भन्ने आरोप लगाएर सदन संचालन गर्न रोकिएको भएपनि सरकारले कुनैपनि योजना कटौति नगरेको उनले बताए ।

विगतका सरकारले ल्याएका योजनाहरुलाई विस्तृत बनाउने र स्रोत सुनिश्चितता तर्फ सरकार लागेको उनको भनाइ छ । ‘हामीले विगतका सरकारले ल्याएका कुनैपनि योजनाहरु काटेका छैनौ । बरु ति योजनाहरुलाई विस्तृत र व्यवस्थित गरेका छौ । ति योजनाको लागि आवश्यक बजेटको स्रोत सुनिश्चिततामा सरकार लागेको,’ उनले भने ।

प्रदेश सरकार स्रोत सुनिश्चितता नभएका योजना अघि बढाउने पक्षमा नभएको उनले बताए । सोही अनुसार भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणको काम रोकेको उनको भनाई छ । उक्त सुरुङ मार्ग निर्माणको योजना विस्तृत बनाएर कार्यान्वयन गर्ने पक्षमा सरकार लागेको उनले बताए ।

चार्जिङ्ग सेन्टर निर्माण नभएका कारणले विद्युतिय बस खरिद् प्रक्रिया रोक्नु परेको भन्दै मन्त्री खनालले सरकार विद्युतिय बस संचालनको लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेर अघि बढ्दै गरेको बताए ।

‘हामी बस किनेर त्रिपालले छोपेर राख्ने अवस्था ल्याउने पक्षमा छैनौ । रेलको हालतले हामी सचेत भएका हौ । हामी चार्जिङ्ग सेन्टर बनाउन निरन्तर लागिरहेका छौ । विद्युतिय बस खरिद तथा संचालनको लागि नेपाल विद्युत प्राधिकरणसँग सरकारले समन्वय गरिरहेको छ । हामी पहिले पूर्वाधार बनाएर मात्र बस किन्छौ ।’ उनले भने ।

सरकारले गरेका काममा अवरोध खडा गर्नका लागि एमालेले नाजायज मागहरु उठाएर सदन अवरुद्ध गरेको उनको भनाई छ । यही सरकारले गतल काम गरेको भए तथ्यसहित पुष्टि गर्न मन्त्री खनालले चुनौति पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप