कुलमानकी श्रीमती बनिन् राप्रपा धादिङको उपाध्यक्ष

राप्रपा धादिङको उपाध्यक्षमा दीपा तामाङ चयन भएकी छन् । उनलाई राप्रपा धादिङको कार्यसमिति बैठकले उपाध्यक्षमा मनोनयन गरेको हो । धादिङको रुबिभ्याली गाउँपालिकाकी उनी नेपाल विद्युत प्राधिकरणकी कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती हुन् । कुलमान माओवादीको कोटामा प्राधिकरणमा कार्यकारी निर्देशक बन्दा उनको श्रीमती भने राप्रपामा आबद्ध रहेकी हुन् । उनी राप्रपामै लामो समयदेखि आबद्ध रहेको बताइएको छ ।
राप्रपाका अनुसार उनी यसअघि धादिङ जिल्ला कार्यसमिति सदस्य रहेकी थिइन् । राप्रपा धादिङको अध्यक्ष भने ध्रुव खनाल रहेका छन् । गत कात्तिकमा सम्पन्न राप्रपा धादिङको अधिवेशनबाट ३१ जनाको कमिटी बनाइएको थियो भने पछि सो संख्या बढाएर ४७ जना पुर्याइएको थियो ।
यसैबीच राप्रपा धादिङको अर्को उपाध्यक्ष बेनीघाट रोराङ गाउँपालिकाका शालिकराम सिलवाललाई चयन गरिएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो उथलपुथलको समयमा सुन किन्नु कति सुरक्षित छ?
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति
-
सर्लाहीको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी, १२ लाख रुपैयाँभन्दा बढीको क्षति
-
ट्रम्पका विशेष दूतसँग पुटिनको चार घण्टा वार्ता
-
दर्ता बिना अमेरिकामा ३० दिनभन्दा बढी बसेमा सजाय हुने