शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुटिन आधुनिक युगका हिटलर : युक्रेनका पूर्व राष्ट्रपति

बिहीबार, १२ फागुन २०७८, १४ : ४५
बिहीबार, १२ फागुन २०७८

युक्रेनका पूर्व राष्ट्रपति पेत्रो पोरोशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनलाई आधुनिक युगका हिटलर बताएका छन् । पोरोशेन्को यतिबेला युक्रेनका सांसद हुन् । उनले ‘आजको दिन दुःखद हो तर जीत युक्रेनकै हुने’ बताएका छन् ।

युक्रेनको राजधानी कीएफमा सांसदको आपतकालीन बैठक चलिरहेको छ । बैठकमा समावेश हुन जान लागेका उनले संसद बाहिर पत्रकारसँगको कुराकानीमा पुिटनलाई आधुनिक हिटलर बताएका हुन् । पोरोशेन्को सन् २०१४–१९ सम्म युक्रेनका राष्ट्रपति रहे । युक्रेनका एक पत्रकारले बीबीसीसँगको कुराकानीमा संसदमा माहौल तनावपूर्ण भएको बताएका छन् ।

बिहिबार बिहान पुटिनले युक्रेनमा सैनिक कारवाहीको घोषणा गरे । त्यसपछि युक्रेनका थुप्रै इलाकामा हवाई हमला भए । युक्रेनका अनुसार हालसम्म रुसको हमलामा सातजनाको मृत्यु भएको छ । अधिकारीका अनुसार हमलामा सैनिक क्षेत्रलाई निशाना बनाइएको छ ।

रुसले आफ्नो सम्बोधनमा युक्रेनको सेनालाई हतियार बिसाउन भनेका छन् भने कसैलाईै पनि यो मामिलामा दखल नदिन भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप