आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

बानेश्वरमा आन्दोलन : प्रदर्शनकारीद्वारा प्रहरीमाथि गुलेली प्रहार

बिहीबार, १२ फागुन २०७८, १४ : ४३
बिहीबार, १२ फागुन २०७८

एमसीसीको विरोधमा राजधानीको नयाँ बानेश्वर क्षेत्रमा बिहीबार भएको आन्दोलनमा प्रदर्शनकारीले गुलेलीको प्रयोग गरेको पाइएको छ।   प्रहरीलाई आन्दोलनकारीतर्फ गुलेली प्रहार गरेको पाइएको हो । निषेधित क्षेत्रमा प्रदर्शनकारीले आन्दोलन थालेसँगै प्रहरीले धरपकड गरेको छ भने सो क्रममा झडप भएको छ । झडपका क्रममा ढुंगा हानाहान हुनुका साथै गुलेलीको समेत प्रयोग भएको हो । 

बानेश्वर क्षेत्रमा साना कम्युनिस्ट घटक दल, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका भ्रातृ संगठनले एमसीसीको विरोधमा प्रदर्शन भएको हो । सरकारले विवादित एमसीसी संसदमा टेबल गरेपछि बानेश्वर क्षेत्रमा तनाव हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप