राष्ट्र उत्थानको आईपीओ आज बाँडफाँड हुँदै, पर्ने सम्भावना कति ?
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (फागुन १२ गते) बाँडफाँड हुँदैछ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म संस्थाको कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।
तर, उक्त आईपोओको अन्तिम दिनसम्म अर्थात् फागुन ८ गतेसम्म कम्पनीको आईपीओका लागि ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन परेको छ । अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । यो कुल मागको ३८.४२ गुणा बढी आवेदन हो ।
यो हिसावले कम्पनीको आईपीओका लागि आवेदन दिनेहरुले सेयर हात पार्ने सम्भावना अत्यन्त न्यून छ । कुल ८ लाख ५९ हजार कित्ताका लागि मात्र आवेदन माग गरिएकोमा बढीमा ८५ हजार ९०० जनाले मात्र न्यूनतम १० कित्ताका दरले कम्पनीको आईपीओ पाउने छन् । बाँकी २५ लाख ४८ हजार ७२६ जनाको हात खाली हुने देखिन्छ ।
यो भनेको अधिकतम ९६.७४ प्रतिशत आवेदकहरुको हात खाली हुने हो । जम्मा ३.२७ प्रतिशतले मात्र कम्पनीको सेयर पाउनेछन् । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
जसमध्ये ४२ हजार ५ सय कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार