बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको आग्रहमा संसद बैठक स्थगित

बिहीबार, १२ फागुन २०७८, १३ : ५२
बिहीबार, १२ फागुन २०७८

आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । 

बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ । आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा  सहमति जुटाउने प्रयास जारी छ । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच  एमसीसीका सन्दर्भमा सहमति जुटाउने विषयमा भेटवार्ता छलफल भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप