युक्रेनले भन्यो: रुसको हमलामा सातको मृत्यु, थुप्रै घाइते
युक्रेनको प्रहरीले रुसको बमबारीमा सातजनाको मृत्यु भएको बताएको छ । अधिकारीका अनुसार पोदिल्स्कमा एक सैन्य इलाकामा भएको हमलामा ६ जना मारिएको र सात घाइते भएका छन् । यस्तै, १९ जना बेपत्ता भएको बताइएको छ ।
प्रहरीका अनुसार एक व्यक्तिको मृत्यु मेरियोपोलमा भएको हो । रुसका राष्ट्रपति पुटिनले बिहिबार बिहान युक्रेनको सैनिक कारवाहीको घोषणा गरेका थिए । त्यसपछि रुसले युक्रेनका थुप्रै सैनिक इलाकामा हमला गरेको छ । युक्रेनले पनि यसको पुष्टि गरेको छ र थुप्रै स्थानमा मिसाइल हमला गरेको बताएको छ ।
यद्यपि, रुसले आफूले नागरिकको इलाकामा हमला गरेको भन्ने दाबीलाई भने अस्विकार गरेको छ । यसैबीच संयुक्त राष्ट्र सुरक्षाा परिषद्को आपतकालीन बैठकमा सदस्य देशले संयमता अपनाउन सल्लाह दिएका छन् । थुप्रै देशले कुटनीतिक माध्यमले समाधान निकाल्न आवश्यकता भएको बताएको छ ।
WATCH: Missile hits airport in Ivano-Frankivsk, Ukraine pic.twitter.com/EnskxXhpnq
— BNO News (@BNONews) February 24, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन
-
बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलनाको पेसी ३२ औ नम्बरमा
-
बंगलादेशले वेस्ट इन्डिजलाई उसैको घरमा हरायो
-
सुदूरपश्चिम प्रदेश सभा : हिउँदे अधिवेशन चल्ने समयमा बजेट अधिवेशन नै अन्त्य भएन