एमसीसी संसदमा, अर्थमन्त्री शर्मा पर्वतमा

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पर्वततिर छन् ।
मन्त्री शर्मा बुधबार पर्वत पुगेका थिए । उनी राति द क्लिफ रिसोर्टमा बसेका थिए । श्रीमतीसहित गएका शर्माले बिहीबार बिहान क्लिफ स्काई क्याफेमा खाजा खाएका थिए । त्यसपछि उनी पर्वत जिल्ला अस्पतालको निरीक्षण गरेर माओवादी कार्यकर्तासँग भेटघाट गरेका थिए ।
अर्थमन्त्री शर्माले बिहीबार बिहान गुप्तेश्वर महादेव मन्दिर दर्शन गरेका थिए । उनीसँगै राष्ट्रिय सभाका सांसद दीनानाथ शर्मा पनि मन्दिर पुगेका थिए । ८ फागुनमा अर्थमन्त्री शर्माले एमसीसी संसदमा पेस गर्ने कार्यसूची थियो । तर उनी बिरामी भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए । ९ फागुनमा मन्त्री शर्मा बिहानै अर्थ मन्त्रालय पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च