आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पुटिनको घोषणा र रुसको हमलापछि युक्रेनको राजधानीबाट भागिरहेका छन् जनता

बिहीबार, १२ फागुन २०७८, १२ : ४८
बिहीबार, १२ फागुन २०७८

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि सैनिक कारवाहीको घोषणापछि राजधानी कीएफबाट ठूलो संख्यामा जनता बाहिरिँदै गरेको देखिएको छ । पुटिनको घोषणालगत्तै युक्रेनको बमबारी र मिसाइल हमला सुरु भएको छ ।

युक्रेनको राजधानी कीएफको इमर्जेन्सी साइरन बजे । तस्बिरमा देखिए अनुसार त्यसपछि मानिस शहरबाट भाग्न थाले र एक्सप्रेस वेमा अत्यधिक संख्यामा कार देखिन थाले ।

सोसल मिडियामा दिइएका प्रतिक्रियाबारे थाहा हुन्छ कि किएफमा मानिसमा डर पैदा भएको छ । टेलिभिजन फुटेजमा मानिसलाई सडकमा प्रार्थना गरिरहेको देख्न सकिन्छ ।

राजधानी किएफमा उपस्थित गार्डियनका पत्रकार ल्यूक हार्डिङले ट्वीटरमा लेखेका छन्, ‘सडकमा असाध्यै कम मानिस देखिएका छछन् र मानिस एटीमए मेसिन बाहिर लामो लाइनमा उभिएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप