काँग्रेस, जसपा र लोसपाका यी सांसद एमसीसीको पक्षमा मतदान गर्न बन्चित हुने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिएका काँग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् । एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका काँग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् ।
यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित काँग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् । साथै उपचारका लागि भारतमा रहेका काँग्रेस सांसद प्रदीप गिरि र कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवै जना भारतमा रहेका छन् ।
काँग्रेसको जस्तै लोसपाका निलम्बित सांसद रेशम चौधरी र जसपाका निलम्बित सांसद हरिनारायण रौनियारले पनि पक्षमा मतदान गर्न पाउँदैनन् । उनीहरू निलम्बनमा परेकाले संसदीय गतिविधिमा सहभागी हुन पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु