शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हुन्डाईको विद्युतीय गाडी आयोनिक–५ नेपाली बजारमा

बिहीबार, १२ फागुन २०७८, १२ : ३७
बिहीबार, १२ फागुन २०७८

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको इलेक्ट्रीक भेहिकल आयोनीक–५ बिक्री सुरु गर्ने तयारी पुरा गरेको छ । नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ । हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको हो । यो आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’ मा बनेको हो । 

यसको डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसियन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ । हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनीमा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । 

साथै, यो कारमा शोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनीक–५ को लन्चसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रीक कारको लागि मात्रै शोरुम संचालनमा ल्याएको छ । इभीको लागि मात्रै बन्ने शोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिने छ । 

इलेक्ट्रीक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपिरीयन्स प्रदान गर्नेछ । कम्पनीले इभी बिक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तैयारी गरिरहेको छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । लक्ष्मीले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादक मध्ये एक हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप