शंखमुलमा श्रीमती मृत फेला, श्रीमान् बेहोस
बिहीबार, १२ फागुन २०७८, १२ : ३६
काठमाडौं महानगरपालिका–३१ स्थित शंखमुलमा २९ वर्षीया सहारा गुरुङ मृत भेटिएकी छिन् । उनका पति ३६ वर्षीय प्रकाश पौडेल बेहोस अवस्थामा फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले रातोपाटीलाई बताए । प्रकाशलाई उपचारका लागी बानेश्वरस्थित भेनस अस्पतालमा राखिएको छ । सहाराको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पति–पत्नी दुवैले डिप्रेशनको औषधि खाने गरेको खुलेको छ ।
शव प्रकृति हेर्दा सहाराको शव ३ दिन पुरानो हुनसक्ने बताइएको छ । परिवारले ढोका फुटाएर हेर्दा सहारा मृत अवस्थामा र प्रकाश उनीसँगै बेहोस अवस्थामा भेटिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन
-
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक