सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्ध – कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

बिहीबार, १२ फागुन २०७८, १२ : ३५
बिहीबार, १२ फागुन २०७८

रुसले युक्रेनमाथि सैन्य हमला सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य उकालोतर्फ लागेको छ । तेलको मूल्य सम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलरभन्दा माथि पुगेको जनाएको छ ।

विश्व बजारमा तेलको मूल्य अहिलेसम्मको स्थितिमा ५.४९ प्रतिशतले बढेको छ । आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो । रुसले युक्रेनमाथि मिसाइलसहित सैन्य हमला सुरु गरेपछि मूल्य एकाएक आकासिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप