‘एमसीसी पास गराएरै छाड्छौँ, गठबन्धन पनि जोगिन्छ’

प्रतिनिधिसभा सांसद एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले एमसीसी जसरी पनि पास हुने बताएका छन् । रातोपाटीको कार्यक्रम ‘टक विथ द टप’मा बोल्दै उनले यस्तो बताएका हुन्।
रसाइलीले संसदबाट केहिदिन भित्रमै एमसीसीको टुंगो लाग्ने र पाँच दलीय गठबन्धन पनि यथावत नै रहने दावी गरेका छन् । यद्यपि सत्ता गठबन्धनमा बसेर सडक र संसद्मा दोहोरो चरित्र देखाउने दलहरूको प्रवृत्ति भने आश्चर्यजनक रहेको उनको भनाइ छ ।
एमसीसी सम्झौता एउटा विकास परियोजना मात्र भएको र यसमाथि जनतालाई दलहरूले नै भ्रम छरेको उनको आरोप छ । पछिल्लो समय सत्ता गठबन्धनमै रहेका दलहरूले एमसीसीको विरोध गरिरहेको र गठबन्धन तोड्ने कुरा गरिरहेको प्रशंगमा रसाइलीले सरकार छोड्न मन लागेका छोड्ने स्वतन्त्रता रहेको पनि बताएका छन् ।
‘आफ्नै संगठनका कार्यकर्ता सडकमा पठाउने अनि सदनमा पनि आधा बसेर ताली बजाउने आधा उठेर नाराबाजी गर्नुभन्दा सरकार छाडे भइहाल्यो’, कुराकानीका क्रममा उनले भने, ‘एमसीसीका पक्षमा काँग्रेस एक ठाउँमा छ र गठबन्धन जोगाएरै अघि बढ्न हाम्रा सभापति हरप्रयास लागिरहनु भएकै छ।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसद् गतिरोधका बीच नेपाली काँग्रेस यतिबेला एमसीसी पास गर्ने रणनीतिमा छ । तर, सत्ता मै भएका तथा दलसहित स्वतन्त्र नागरिक एमसीसीका कतिपय बुँदा नेपालको संविधान, कानून भन्दा माथि भएको, जनताको सार्वभौम अधिकारभन्दा माथि रहेको भन्दै सडक तताइरहेका छन् । कतिपयको माग एमसीसी खारेजीको छ भने कतिपयको माग संशोधनसहितको एमसीसीका पक्षमा छ ।
यसरी नेपाली काँग्रेस किन संशोधनबिनै एमसीसी पास गर्ने पक्षमा छ त? के प्रधानमन्त्रीलाई एमसीसी पास गराउनै पर्ने अमेरिकी प्रेसर परेको हो ? एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको हो ? यी र यस्तै प्रश्नसहित प्रतिनिधिसभा सांसद एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)सँग गरिएको ‘टक विथ द टप’ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
-
‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
-
नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छ : अध्यक्ष दाहाल
-
शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण