शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दाङमा बस र माइक्रोबस ठोक्किँदा ६ जना घाइते

बिहीबार, १२ फागुन २०७८, ११ : ३०
बिहीबार, १२ फागुन २०७८

दाङको लमहीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।   काठमाडौंबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख ४१४९ नम्बरको बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नम्वरको माइक्रोबस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा रोल्पाका रोल्पा नगरपालिका –१ बस्ने बर्ष २२ की मुना कुँवर, सोही जिल्ला गंगादेव गाँउपालिका –२ बस्ने बर्ष ३० की भानुमती डाँगी, सल्यान  त्रिवेणी गाँउपालिका– ३ बस्ने ५३ वर्षीय मोतिलाल वली, माइक्रो चालक दाङ दंगीशरण गाँउपालिका –५ बस्ने बर्ष ४१ वर्षीय राजन केसी, तुल्सीपुर –६ बस्ने  २६ वर्षीय सुमित वली र  रोल्पा सुनिल स्मृति गाँउपालिका– १ का ३४ वर्षीया सिमा खत्री  रहेका छन् । बस चालकलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप