बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायत र सहयोगी देशले रुसको कारवाहीको निर्णायक जवाफ दिनेछन् : बोरिस जोनसन

बिहीबार, १२ फागुन २०७८, ११ : २७
बिहीबार, १२ फागुन २०७८

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायत र उनका सहयोगी देशले रुसको कारवाहीको निर्णायक जवाफ दिने बताएका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले उनी युक्रेनमा जे भइरहेको छ आफू त्यसमा हैरान भएके बताएका छन् ।

उनका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै कारण बिना हमला सुरु गरेर रगत बगाउने र विनासको बाटो रोजेका छन् ।

बोरिस जोनसनले आफूले युक्रेनका राष्ट्रपतिसँग कुराकानी गरेको र रुसको यो कारवाहीमा कस्तो जवाफ दिने भनेर आफ्ना सहयोगीसँग विचार विमर्श गरेर निर्णय लिइने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप