समग्र कलाकारकै नाक काटियोः शिव परियार
चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकारकै नाक काटिएको छ है’, परियारले घटनापछि सामाजिक सञ्जालमाफर्त भनेका छन् ।
समाजमा स्थापित कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको उनको टिप्पणी छ । ‘कलाहरुको पनि कला ललितकला, त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ ’, परियारको भनाइ छ ।
कलाकारिता भन्ने गहन अर्थ बोकेको विधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको स्मरण गर्दै उनले यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको भन्दै परियारले दुःख व्यक्त गरेका छन् । ‘खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो’, दुःख पोख्दै उनले भनेका छन् ।
१७ वर्षीया नाबालिग गायिकाले शाहविरुद्ध बुधबार बलात्कारको जाहेरी दिएपछि समग्र मनोरञ्जन क्षेत्र तरंगित बनेको बेला परियारबाट यो भनाइ आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
