बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसद्‍मा  एमसीसी : बानेश्वरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति, तस्बिरहरू हेर्नुहोस्

बिहीबार, १२ फागुन २०७८, ११ : ०४
बिहीबार, १२ फागुन २०७८

बिहीबार दिउँसो नयाँ प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी परियोजनामाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । 

सदनमा एमसीसीको बहस सुरु भइरहँदा सडकमा भने त्यसको विरोधमा प्रदर्शनहरू जारी रहेका छन् । गत फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकका दौरान संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान नै बनेको थियो । प्रहरीले रबरको गोली नै चलाउन परेको थियो भने दर्जनौँ प्रहरी तथा आन्दोलनकारी घाइते भएका थिए । आज पनि सो प्रकृतिको प्रदर्शन र झडप हुने आशंका गरी नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । त्यस क्षेत्रको सुरक्षा व्यवस्था यतिबेला कडा पारिएको छ । हेर्नुहोस् तस्बिरहरुः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप