गल्ती गर्ने ऊ, आरोप हामीमाथि ? : दुर्गेश थापा

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए ।
रातोपाटीसँग कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’
नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् । उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
-
महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त