शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

पुटिनले भने, ‘रुसको युक्रेनमाथि कब्जाको कुनै योजना छैन’

बिहीबार, १२ फागुन २०७८, १० : ०७
बिहीबार, १२ फागुन २०७८

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार बिहान टेलिभिजनमा देशका लागि सम्बोधन गरेका छन् । उनले रुसको युक्रेनमाथि कब्जाको कुनै योजना नभएको बताएका छन् ।

विशेष सैन्य अभियानको घोषणा गरिएको आफ्नो बयानमा पुटिनले युक्रेनका जनताले उनीहरुको देश कसले चलाउँछन् भनेर छान्न सक्नेछन् ।

बिहिबार एक टेलिभिजनमा सम्बोधनका बेला रुसका राष्ट्रपति पुटिनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् ।

उनले पूर्वी युक्रेनमा तैनाथ सैनिकलाई उनीहरुले आफ्नो हतियार राखेर आफ्नो घर फर्किन भनेका छन् ।

उनले युक्रेनलाई चेतावनी दिँदै यदि यस्तो हुँदैन भने जुन रगत बग्नेछ यसका लागि उनीहरु नै जिम्मेवार हुने पनि बताएका छन् ।

रुसका राष्ट्रपतिले आफ्नो सम्बोधनमा न्याय र सच्चाइ रुसतर्फ  भएको पनि बताएका छन् ।

उनले यदि कसैले रुसको विषयमा कारवाही गर्छ भने मस्कोले यसमाथि प्रतिक्रिया दिन ढिलाई नगर्ने चेतावनी पनि दिएका छन् ।

रुसी राष्ट्रपतिले यो कारवाही आत्मरक्षाका लागि गरिने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप