मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

महामारीका कारण बेलायत भित्रिने पर्यटक ५० वर्षयताकै न्यून

बिहीबार, १२ फागुन २०७८, ०९ : ४१
बिहीबार, १२ फागुन २०७८

लन्डन । बेलायत भित्रिने पर्यटकहरूको सङ्ख्या ५० वर्षयताकै कम भएको छ । कोरोना महामारीका कारण लगाइएको यात्रा प्रतिबन्धका कारण सन् २०२१ मा यात्रु सङ्ख्या सन् १९७२ पछिकै सबैभन्दा कम भएको अधिकारीहरूले बताएका छन् ।

बेलायतकै सबैभन्दा ठुलो एयरपोर्ट हिथ्रोमा अवतरण गर्ने यात्रुको सङ्ख्या सन् २०२० को तुलनामा सन् २०२१ मा करिब २६ लाख कम भएको छ । २०२० मा दुई करोड २० लाख यात्रु आएको भए पनि यो सङ्ख्या घटेर २०२१ मा एक करोड ९४ लाखमा झरेको छ। पहिलाको जस्तो  सामान्य अवस्थामा फर्कन अझै ३ देखि ४ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।

तर, सन् २०२२ को ग्रीष्ममा भने केहि सुधार हुनसक्ने बताइएको छ । महामारी सुरु हुनु अघि आठ करोड यात्रुहरू आउने एयरपोर्ट अधिकारीले जनाएको छ । युरोपको तुलनामा बेलायतमा यात्रा प्रतिबन्ध बढी कडा गरिएका कारण पनि यात्रु सङ्ख्या घटेको हो ।

फ्र्यान्कफर्ट तथा पेरिस लगायतका केहि युरोपियन मुलुकमा भने २०२० को तुलनामा यात्रु सङ्ख्या वृद्धि भएको छ । इंग्ल्याण्डमा भोलिबाट अर्थात् २४ फेब्रुअरीबाट कोभिडसम्बन्धी बाँकी सबै प्रतिबन्धको अन्त गरिने भएको छ ।

भोलिबाट कोरोना सङ्क्रमित भए पनि आइसोलेसन बस्न नपर्ने तर, घरमै बस्न सुझाव दिइए पनि  यसलाई बाध्यात्मक रूपमा भने लागू गरिने छैन ।  कोरोना महामारीका कारण लगाइएका सम्पूर्ण प्रतिबन्धहरू अन्त भएसँगै होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटीलगायतका व्यवसायहरू लाभान्वित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप