शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पुटिनले सैन्य कारबाहीको घोषणासँगै दोनेस्सकमा ठूला बिस्फोटका आवाज

बिहीबार, १२ फागुन २०७८, ०९ : ३८
बिहीबार, १२ फागुन २०७८

मस्को–पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरेका छन् । 
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने बताएका छन् ।

वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको जेलेन्स्किीले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप