बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लिड्समाथि लिभरपुलको गोल वर्षा

बिहीबार, १२ फागुन २०७८, ०७ : ३१
बिहीबार, १२ फागुन २०७८

लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ३ अंकमा घटाएको छ । बुधबार राति लिड्समाथि ६-० को शानदार जीत हासिल गर्दै लिभरपुलले सिटीमाथि दबाब कायम राखेको हो ।

लिभरपुलले पहिलो हाफको २० मिनेटको अन्तरमा ३ गोल गरेको थियो । यसमध्ये दुईवटा गोल मोहमद शलाहले पेनाल्टीमार्फत गरेका थिए । उनले नै ३० औँ मिनेटमा जो म्याटिपका लागि अर्को गोलको अवसर सिर्जना गरे । साडियो मानेले दोस्रो हाफमा दुई गोल थपे भने इन्जुरी समयमा भर्जिल भान डाइकले एक गोल गरे ।

२६ खेलपछि लिभरपुललको ६० अंक रहेको छ भने सिटीको ६३ अंक रहेको छ । सिटीभन्दा लिभरपुलको गोलअन्तर बढी रहेको छ । दुई टोली ९ अप्रिलमा इतिहाद स्टेडियममा आमने सामने हुनेछन् । बुधबार नै भएको खेलमा टोटनहम हटस्पर्स बर्नलीसँग १-० गोलले स्तब्ध बन्यो भने क्रिस्टल प्यालेसले वाटफोर्डलाई ४-१ गोलले हरायो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप