पुटिनले भने– रुसी सेनामाथि पूर्ण भरोसा छ
![पुटिनले भने– रुसी सेनामाथि पूर्ण भरोसा छ](https://rpcdn.ratopati.com/media/albums/vladimir_putin1_caA4d0DV0u.jpeg)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी चासो र सुरक्षाबारे वार्ता गर्न नसकिने बताएका छन् । थप रुसी सेना युक्रेनको सिमाना नजिक पुगेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति पुटिनको सो भनाई आएको हो । रुस सीधा र इमान्दार वार्ताका लागि सधै तयार रहेको बताउँदै पुटिनले सेनामाथि पूर्ण भरोसा भएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणको सुरु भएको बताएपछि पुटिनले भिडियो सम्बोधनमार्फत सो धारणा व्यक्त गरेका हुन् ।
यसैबीच अमेरिकालागायत पश्चिमा मुलुकहरुले रुसविरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरेका छन् । ‘हामीले रुसी सरकारलाई पश्चिमी वित्तिय सहायताबाट अलग गरेका छौ,’ रुसको सदनले पूर्वी युक्रेनमा सेना पठाउन त्यहाँको संसदले अनुमोदन गरेपछि बाइडेनले भने ।
सोमबार मात्र पुटिनले पूर्वी युक्रेनको बिखन्डनकारी क्षेत्र दोनेत्सक र लुहान्सकालाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । यसैबीच, युक्रेनले आफ्ना सम्पूर्ण नागरिकलाई रुस छोड्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार