सभामुखलाई भेट्न लैनचौर पुगे प्रचण्ड
बुधबार, ११ फागुन २०७८, २२ : १४
सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो ।
प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् । -न्युज कारखाना